चुम्लिङ्गटार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाको अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा वागमती प्रदेश प्रदेशका स–ह इन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यमा चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रिय सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज काशिनाथ अधिकारी , नेकपा केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज ज्ञानु बस्नेत, संघिय सांसद तथा नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेल, प्रदेश सांसद घनश्याम दाहाल, प्रदेश सदस्यहरु प्रकाश अधिकारी, रामध्वज डल्लाकोटी लगायतले प्रशिक्षण दिनुभएको थियो ।
साथै कार्यक्रममा जिल्ला सचिवालय सदस्य नारायण अधिकारी, जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य तथा सह–इन्चार्जहरु जुना राजभण्डारी र सावित्रा सिलवाल लगायतको आतिथ्यता रहेका थिए ।
प्रशिक्षण कार्यक्रममा केन्द्रको सर्कुलरबारे जानकारी, सकार र पार्टीबिचको सम्बन्ध कस्तो रहने? सकारको लोकप्रिय कार्यक्रमका बारेमा जनता माझ कसरी लैजाने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षाण कार्यक्रममा सात वटै वडाका अगुवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेका थिए । नेकपा इच्छाकामनाका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।