
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशन, पार्टीभित्रको विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
साउन १६ गतेदेखि सुरु भएको बैठकले आइतबार विधान संशोधन महाधिवेशन लगायतका निर्णय गरेको थियो।
बैठकमा माधव नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् ।