राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको सत्तारूढ दलहरूको ठहर
काठमाडौं नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्ता गठबन्धनले संयुक्त विज्ञप्ति निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सरकारमा सहभागी दलहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि सम्माननीय राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसिमाभित्र प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस...








