देश / समाज

भरतपुरमा आजदेखि हर्न निषेध

भरतपुरमा आजदेखि हर्न निषेध
भरतपुर : भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारीसाधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायत...

सपथग्रहणमा सांसदहरुलाई राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन

सपथग्रहणमा सांसदहरुलाई  राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन
काठमाडौं    :  पार्टीका सबै प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन नेकपा एमालेले  निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए। एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांस...

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज

प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
काठमाडौँ :  आज संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्त...

संसदीय दलको नेतामा सभापति देउवा विजयी

संसदीय दलको नेतामा सभापति देउवा विजयी
काठमाडौं :  नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्।

सिमलतालमा माइक्रो दुर्घटना हुदाँ ६ यात्रु घाइते

सिमलतालमा माइक्रो दुर्घटना हुदाँ ६ यात्रु घाइते
चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालमा माइक्रो दुर्घटना हुदाँ ६ जना घाइतेभएका छन् । आज बिहान करिब ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्याय चितवनका अनुसार माइक्रोमा सवार १७ जना मध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । घाइते हुनेहरुमा माइक्रो चालक रत्ननग...

बेनीघाट रोराङ गाउँपालिकाद्वारा सहिद परिवारलाई सिरक वितरण

बेनीघाट रोराङ गाउँपालिकाद्वारा सहिद परिवारलाई सिरक वितरण
धादिङ, ५ पुस । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शहिद परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । वडा नम्बर १० का १७ घर शहिद परिवारलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेका हुन् । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ ले घरमै पुगेर शहिद  घर परिवारलाई सिरक वितरण गर्नुभएको हो ।

चितवनमा एक महिनामा ४७ सवारी दुर्घटना : १२ जनाको मृत्यु, ७४ घाइते

चितवनमा एक महिनामा ४७ सवारी दुर्घटना : १२ जनाको मृत्यु, ७४ घाइते
चितवन  :  चितवनमा सवारी दुर्घटनाबाट मङ्सिर महिनामा १२ जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र ७४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । यसैगरी, पूर्व पश्चिम लोकमार्गमा ९ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा ७ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी...

धादिङमा बस र माइक्रो ठक्कर खाँदा एक जनाको मृत्यु, १२ घाइते

धादिङमा  बस र माइक्रो ठक्कर खाँदा एक जनाको मृत्यु, १२ घाइते
धादिङ , ५ पुस । धादिङमा सवारी दुर्घटना हुदाँ एक जनाको भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका – २ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य १२ जना घाइते भएका छन् । काठमाडौं तर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लम्जुङ्तर्फ जादै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईतेहरु केहिको स्थानीय स्वास्थ्यसस्थामा उपचार भैरहेको छ । गम्भीर घ...

इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने

इच्छाकामनामा जिल्लास्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता हुने
चितवन :  चितवनको इच्छाकामना गाउँपालिकामा दुई दिने जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । इच्छाकामना युथ स्पोर्टस् क्लवको आयोजनामा जिल्लास्तरीय दोस्रो इच्छाकामना खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना हुन लागेको हो । आज दिउँसो भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिता बारे जानकारी दिएको थियो । प्रवेश शुल्क १ हजार रहेको प्रतियोगिता पुस १५ गते सुरु भई १६ गते सम्पन्न हुने जनाइएको छ । तर, इच्छाकामनाका प्रतियोगीको लागि ५०० रुपैयाँ, विद्यार...

भोलिदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

भोलिदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
चितवन :  नारायणगढ–मुग्लिन सडक एक महिना ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्डका मुग्लिनबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर पहाड काट्ने काम हुने आयोजनाका यन्जिनियार कृष्ण आचार्यले बताउनुभयो । उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा...