इच्छाकामनामा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका र शिक्षक संगठनसँग सहमति
कुरिनटार : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित युनाइट प्रोजेक्ट नेपालले चितवनको इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिकाभित्रको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनसँग संयुक्तरूपमा सहमति गरेको छ।
इच्छाकामना–४, कुरिनटारमा भएको दुई दिने गोष्ठी समापन गर्ने क्रममा ती संस्थाहरूबीच विभिन्न बुँदामाथि छलफल गरेर गुणस्तरीय शिक्षाको लागि काम गर्ने विषयमा सहमति भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए। सहमतिपत्रमा गाउँपालिकाको तर्फबाट अ...









