चितवन : चितवनमा सवारी दुर्घटनाबाट मङ्सिर महिनामा १२ जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु र ७४ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । यसैगरी, पूर्व पश्चिम लोकमार्गमा ९ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा ७ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी राजमार्गमा ३ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीनजना घाइते र शहरी सडकखण्डमा पाँच वटा सवारी दुर्घटना भएकोमा दुई जनाको मृत्यु र पाँच जना घाइते भएको कार्यालयले जानकारी दिएको छ ।
इच्छाखबर संवाददाता












