देश / समाज

राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलकाे नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलकाे नेतामा रवि लामिछाने चयन
काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ । सोमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक र सचेतकको भने चयन हुन बाँकी रहेको छ ।सोमबार बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पदहरू पूरा गर्ने रास्वपाले जनाएको छ ।  

राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २० बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा -१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उ...

चितवनबाट असोज मसान्तसम्म ३ हजार ६ सय पच्पन्न जनाले लिए श्रम स्वीकृत

चितवनबाट असोज मसान्तसम्म ३ हजार ६ सय पच्पन्न जनाले लिए श्रम स्वीकृत
आशिष अधिकारी, भरतपुर : चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट ३ हजार ६ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जस मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या ६ सय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण...

आँबुखैरेनी स्थित खानीखोलाको पुल भासिदा पृथ्वीराजमार्ग अवरुद्ध

आँबुखैरेनी  स्थित खानीखोलाको पुल भासिदा पृथ्वीराजमार्ग अवरुद्ध
तनहुँ,  :   पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी– २, स्थित खानीखोलाको पुल भासिदा सडक अवरुद्ध भएको छ । बिहान १० बजे सडक निर्माणको क्रममा पुल भासिएर दुई तर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका छ्न । पृथ्वी राजमार्ग भएर संचालन हुने सवारी साधनहरूले बैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ।

केही स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

केही स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौँ   :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू– भागमा हुस्सुरकुहिरो रहेको छ। दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र...

चितवनमा जंगली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु
चितवन  :  जंगली हात्तीको आक्रमणबाट चितवनमा एक बृद्धा महिलाकोे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राती ८ :  ३० बजे घरको आगनमा आगो तापीरहेको अवस्थामा भरतपुर महानगरपालिका २८ का बर्ष ७० की रथी सुवेदी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । घाइते रथीको उचारको क्रममा शनिबार राती १० :  ५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  

गण्डकी गाउँपालिका र इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको पक्की पुल निर्माणको सम्झौता ठेकेदार कम्पनीद्वारा रद्ध

गण्डकी गाउँपालिका र इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको पक्की पुल निर्माणको सम्झौता ठेकेदार कम्पनीद्वारा रद्ध
गोरखा :  गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनीले ८ बर्षपछि ठेक्का सम्झौता एकतर्फी रद्ध गरेको छ । गण्डकी गाउँपालिकाको मकैसिङ बुटार र इच्छाकामना गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा।लिले ठेक्का सम्झौता तोडेको हो । ठेकेदार कम्पनीले सार्वजनिक सूचना मार्फत गोरखाको एघार किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक आयोजनासंग उत्त पुल न...

मृगौला रोगी गोरखाकी एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल

मृगौला रोगी गोरखाकी  एक माया गुरुङको उपचारका लागि आर्थिक अभाव, सहयोगको अपिल
गोरखा, २ पुस । आर्थिक अभावका कारण गोरखाको गण्डकी गाउँपालिका ७ छाप गाउँकी मृगौला रोगी एक माया गुरुङको उपचारमा समस्या भएको छ । विगत ९ बर्षदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि डायालासिस गरिरहेको छ । आर्थिक अभावका कारण डायलासिस गर्न समस्या परेको परिवारले जनाएको छ । साथै उनको मृगौला फेर्नका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । गरिब विपन्न परिवारका गुरुङको तत्काल औषधी उपचार तथा डायलासिस गर्न समस्या परेको र मृगौला समेत फेर्नुपर्ने भएकाले आर्थिक सहयोग गरिदिन वडा कार्यालयले समेत आग्रह ग...

आजदेखि प्रदूषण जाँच पास नभएका गाडी चलाए एक लाख जरिवाना

आजदेखि प्रदूषण जाँच पास नभएका गाडी चलाए  एक लाख जरिवाना
काठमाडौं : वन तथा वातावरण विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन हुने सवारीसाधनलाई शुक्रबारदेखि एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ। विभागले गत मंसिर २२ गते सूचना प्रकाशन गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो।  प्रदूषण जाँच नगरेका गाडीलाई कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ। विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभ...

नेपाल – भारत संयुक्त सैन्य अभ्यास आजदेखि, चिनियाँ जनमुक्ति सेनासँग अनिश्चित

नेपाल – भारत संयुक्त सैन्य अभ्यास आजदेखि, चिनियाँ जनमुक्ति सेनासँग अनिश्चित
काठमाडौँ :  नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजबाट शुरु हुँदैछ । नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६ औं संस्करण हो । सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली रूपन्देहीको सालझण्डी आइपुगेको छ । नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यासको १५औं संस्करण गत वर्ष भारतको पिथौरागढमा भएको थियो । अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुने जनाइएको छ । अभ्यास सूर्यकिरणको १३ औं सं...