चितवन : भरतपुर महानगरपालिका–२९, स्थित कविलास माध्यमिक विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत दुई छात्राले मंगलबार केही समयको अन्तरालमा आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुई छात्राले केही घन्टाको अन्तरालमा आत्महत्या गरेका हुन् । १८ र १५ वर्षका दुई छात्राले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले के कारणले उनीहरुले आत्महत्याको बाटो रोजे त्यसबारे केही जानकारी नभएको बताए । केही महिनाअघि पनि विद्यालयका एक छात्राले आत्महत्या गरेका उनले बताए ।
इच्छाखबर संवाददाता












