तनहुँ :  आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन् । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।

घिमिरे फागुन १२ बाट सम्पर्क विहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक गायत्रीराज शर्माले जानकारी दिनुभयो ।

मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको हो । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोलीले पानीबाट शव निकालेर पोष्टमार्टमका लागी स्थानीय प्रहरीलाई जिम्मा लगाएका लगाएका छन् । प्रहरीका अनुसार घिमिरेको शव झोलुंगे पुल मुनि भेटिएको थियो ।