देश / समाज

१ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

१ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं :  आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ। संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मानलगायतका विभिन्न कार्यक्रम गर्दैछन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विषेश कार्यक्रम गर्दैछ। मन्त्र...

बेनीघाट रोराङ गाउँपालिकामा खानेपानी मुहान संरक्षणका लागि वृक्षारोपण

बेनीघाट रोराङ गाउँपालिकामा खानेपानी मुहान संरक्षणका लागि वृक्षारोपण
धादिङ  :  बेनीघाट रोराङ गाउँपालिकामा विश्व पानी दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रबार बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले विश्व पानी दिवसको अवसर पारेर वडा नं.४ रिचोक पँधेरोको मुहान संरक्षणका लागि मुहान वरिपरी वृक्षारोपण गरिएको हो । सव डिभिजन वन कार्यालय बेनीघाट रोराङ गाउँपालिकाको समन्वय, अक्सफामको आर्थिक सहयोग र फोकस नेपाल धादिङद्धारा सञ्चालित वैकल्पिक व्यवस्थापन मोडेल (Amm)परियोजनाको आर्थिक सहयोग तथा बेनीघाट रोराङ गाउँपालिक...

आज पहाडी जिल्लामा होली मनाइँदै

आज पहाडी जिल्लामा होली मनाइँदै
काठमाडौँ  :  आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्...

इच्छाकामनामा माथिल्लो तहको कर्मचारीबाट कार्यालय सहायकको किर्ते गरि रकम निकासा

इच्छाकामनामा माथिल्लो तहको कर्मचारीबाट कार्यालय सहायकको किर्ते गरि रकम निकासा
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकामा वडा कार्यालय सहायकहरुको किर्ते दस्तखत गरि माथिल्लो तहका कर्मचारीहरुले रकम निकासा गरि हिनामिना गरेको आरोप लागेको छ । सात वटै वडाका कार्यालय सहायकहरुको किर्ते दस्तखत गरि ८० हजार भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको हो । गाउँपालिकाद्वारा संचालित महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा लैङ्गिक अल्पसंख्यकहरुको तथ्याङ्क संकलनका लगि खटिएका प्रत्येक कर्मचारीले खाजा खर्च र पारिश्रमिक वापत् रु. ११ हजार ५५० रकम लिए...

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि नियमित खुल्ने

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि नियमित खुल्ने
चितवन,२१ फागुन ।   नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनु...

यी प्रदेशहरुमा मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना

यी प्रदेशहरुमा मेघ गर्जनसहित  वर्षा र हिमपातको सम्भावना
काठमाडौँ :   मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागगमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशक...

एसियाकै ठूलो नोहक गुफामा बेनीघाट रोराङको कार्यपालिका बैठक

एसियाकै ठूलो नोहक गुफामा बेनीघाट रोराङको कार्यपालिका बैठक
धादिङ :  धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आगामी वर्ष नोहक गुफा महोत्सव गर्ने भएको छ । वडा नम्बर ८ मा रहेको एसियाकै ठुलो नोहक गुफामा शुक्रबार र शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले प्रचार प्रसारका लागि आगामी वर्ष नोहक गुफा महोत्सव गर्ने निर्णय गरेको हो । बैठकबाट नोहक गुफाको विकास, पर्यटन प्रवर्द्धन, विकास तथा विस्तारका लागि गाउँपालिकाले नोहक गुफा विकास समितिको गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा गुफा र गुफासम्म पुग्ने बाटो, खान...

नेविसंघ चितवनको विवाद उत्कर्षमा

नेविसंघ चितवनको विवाद उत्कर्षमा
चितवन :  नेपाल विद्यार्थी संघ चितवनको विवाद पुनः उत्कर्षमा पुगेको छ । स्ववियु निर्वाचन हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा नेविसंघ चितवनमा विवाद देखिएपछि चुनावको नतिजा के होला भन्ने कांग्रेसजनमा चासो र चिन्ता देखिएको छ । नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष सूर्य ढकालले कांग्रेस सचिव पदमा उम्मेदवारी दिएपछि रिक्त हुन आएको अध्यक्ष पदमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति नजुट्दा विवाद उत्कर्षमा पुगेको हो । तीन तहको निर्वाचन पश्चात पटकपटक जिल्ला सभातिलाई जिल्ला अधिवे...

नारायणगढ–मुग्लिन सडक भोलीदेखि २४सै घण्टा खुल्ला रहने

नारायणगढ–मुग्लिन सडक  भोलीदेखि २४सै घण्टा खुल्ला रहने
चितवन  : नारायणगढ– मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने छन् । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण ...

मानव अधिकार समूहद्वारा इच्छाकामना गाउँपालिका अध्यक्षलाई ११ बुदेँ ज्ञापनपत्र

मानव अधिकार समूहद्वारा इच्छाकामना गाउँपालिका अध्यक्षलाई ११ बुदेँ ज्ञापनपत्र
इच्छाकामना, १९ फागुन । इच्छाकामना मानव अधिकार समूहले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार समूहले शुक्रबार  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । समूहले गाउँपालिकाको ७ वटै वडाबाट समस्या पहिचान गर्दै ११ वटा बुँदामा गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।इन्सेककी जिल्ला सहजकर्ता गायत्री गिरिको समेत उपस्थितिमा समूहकी अध्यक्ष पार्वती गिरि, गोमा श्रेष्ठ,सदस्यहरु हिरा बहादुर गुरुङ र सुन बहादुर गुरुङले गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत...