धादिङ : दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला २०८० भोलीदेखि सुरु हुने भएको छ । जिल्ला होटल संघ धादिङ्गको आयोजना तथा चरौदीँ समाज सुधार युवा क्लवको सह–आयोजनामा बेनीघाट रोराङ ७ स्थित चरौँदी बजारमा महोत्सव हुने भएको हो ।
मेलामा बिभिन्न समुदाय को झाकीँ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । बैशाख १४ देखि बैशाख २४गते सम्म चल्ने उक्त मेलामा बाल मैत्री देखी कृषि पर्यटनलाई मुख्य आकर्षक केन्द्र रहने छ । मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलाल (शरद )ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा चरौदीँबाट १६ गते बृहत रक्तदान कार्यक्रम पनि समाबेश गरिएको छ ।