इच्छाकामना पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
इच्छाकामना,१ असार : चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिका कार्यालयको सभाहल कुरिनटारमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला खोप समन्वय समिति चितवनका संयोजक नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।
गाउँपालिकाभित्र रहेका पाँचबर्ष मुनिका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको पाएपछि गाउँपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिए...









