हीरालाल गुरुङ
कुरिनटार, १३ पुष । चितवन क्षेत्र न २ प्रदेश सभा (क)का प्रदेश सांसद घनश्याम दाहाल अविनासले अहिलेको शिक्षा नितिले देशका लागि दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने बताउनुभएको छ ।आज चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटारमा अवस्थित सर्वशान्ति माविको ४९ औँ बर्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै सांसद दाहालले शिक्षा निति काम नलाग्ने भएकै कारण यूवाहरु विदेशिनु परेको बताउदैँ शिक्षा नितिमा आमुल परिवर्तन आवस्यक रहेको बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सांसद दाहालले भन्नुभयो“ यस विद्यालयमा ४९ बर्ष सम्म पढेकाहरु कहाँ गए ? के गर्दैछन् ? सायद मैले बुझेको आज थुप्रै यूवायूवती पढे हुर्के अनी विदेश गए ।, नेपालमा पढाईरहेको शिक्षा निति तपाई हामीले हे¥यौँ भने यहीँ खपत हुने हामीलाई काम लाग्ने शिक्षा होईन, त्यसैले हामीले उत्पादन गरेका जनशक्ति नेपालमा काम नलाग्ने भएपछि विदेशमा गएर भौतारी रहेक छन् । त्यही जनशक्ति हामीले उत्पादन गरीरहेका छौँ, यसको परिवर्तन नगरिकन नोपलमै हामीले हाम्रो जन शक्ति खपत गर्छौँ भन्यो भने कोरा सपना मात्र हुनेछ ।
प्राविधिक शिक्षा तिर गएन भने हामी पढाई सकेपछि के काम गर्ने ?अन्तत त विदेशिनु को विकल्प रहदैँन यो कसैको दोस होईन शिक्षा नितिको दोष हो ।”
अहिले प्रदेश ३ ले कक्षा १०( एसईई) पास गरेपछि हरेकलाई प्राविधिक शिक्षा तिर लिएर जाने योजना बनाईरहेको बताउनुभयो । दाहालले भन्नुभयो “एसई पास गरेपछि हरेकलाई दुई बर्षे प्राविधिक शिक्षा तिर लैजाने र दुई बर्ष तालिम र कोर्ष पुरा गरेपछि उनलाई १२ कक्षा पास गरेको बराबरको सर्टीफिकेट दिईने छ । उहाँले प्राविधिक शिक्षा संचालन गर्न तर्फ तयार रहन विद्यालयहरुलाई आग्रह गर्नुभयो ।
साथै सांसद दाहालले इच्छाकामनाको समग्र विकासका लागि एकिकृत नमूना बस्तीको अवधारणा ल्याउनु पर्ने बताउनुभयो । छरीरएर रहेको पातलो बस्तीमा विकासका पूर्वाधारहरु निर्माण गर्न कठिनाई हुने भएकाले एकिकृत नमूना बस्ती बनाउनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले पनि प्राविधिक शिक्षामा जोड दिनुभयो । साथै अध्यक्ष गुरुङले इच्छाकामना गाउँपालिकाको शिक्षामा सुधारका लागि शिक्षा समिति गठन गरि हरेक विद्यालयको अनुगम गरेर प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो । आफु पनि लामो समय सम्म शिक्षण पेसामा लागेको बताउदैँ अध्यक्ष गुरुङले अहिले गाउँपालिका भित्र एक जना पनि अधिकृत स्तरको कर्मचारी नभेटीदाँ शिक्षामा आमुल परिवर्तन गरि प्राविधिक शिक्षा तर्फ जान आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई समिति चितवनका प्रमुख दीपेन्द्र सुवेदीले विद्यालयको शैक्षिक सुधारका लागि समुदाय र अभिभावकको महत्वपुर्ण भूमिका हुने बताउनुभयो । अहिले जती पनि नमुना विद्यालयहरु छन् ती सबै समुदाय र अभिभावककै कारण सफल भएको बताउनुभयो । सर्बशान्ति माविको बार्षिकत्सवमा अभिभावक र समुदायको सहभागिता न्यून रहेकोमा दुख ब्यक्त गर्नुभयो ।
नेकपा इच्छाकामनाका संयोजक प्रताप गुरुङले सर्बशान्ति माविमा टाढा टाढा देखि विद्यार्थीहरु जोखिम मोलेर अध्ययन गर्न आउने भएकाले स्कुल बसको व्यवस्था गर्न आवस्यक रहेको बताउनुभयो । सुरक्षित यात्रा र समयमा विद्यालयमा उपस्थित गर्नका लागि पनि विद्यालयमा तत्काल स्कुल बसको आवस्यकता भएकोले त्यस तर्फ ध्यान दिन विद्यालय र गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । साथै विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेलकुदमा प्थम द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।
यसैबीच विद्यालयका पूर्व शिक्षक तथा पूर्व श्रोतव्यक्ति विष्णुप्रसाद सापकोटाले कक्षा ८ मा उत्कृष्ट नम्बर ल्याउने पाँच जनालाई प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो । सापकोटाले गत ५ बर्ष देखि याता बार्षिकत्सवको अवसरमा कक्षा ८ मा पहिलो दोश्रो तेश्रो र दुई सानत्वना गरि पाँच जनालाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै आउनुभएको छ ।कार्यक्रममा विदार्थीहरुले विभिन्न खेल र सांस्कृति कार्यक्रमहरुले मनोरञ्जन दिलाएका थिए ।
विद्यालयका प्रधानाध्यापक जोहन खरेलले विद्यालयको बार्षिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।विद्यालयका अध्यक्ष चन्द्रमणी सापकोटाको सभापतित्त्वमा बाािर्षकत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम शिक्षकद्वय शिवप्रसाद तिमिल्सिना र माधव प्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।