तनहुँ , ३० पुस । आँबुखैरेनी गाउँपालिका ६ की उजेली गुरुङले ८० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । शनिबार जिल्ला प्रशासन कार्यालय तनहुँले प्युघरफाँटमा एकिकृत घुम्ति शिविर सञ्चालन गरेपछि गुरुङले नागरिकता बनाएकी हुन् । नागरिकता नहुँदा सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भक्ता उनले अझै पाउन सकेकि थिइनन् ।
असी बर्षमा नागरिकता पाएपछि उनी खुसीले दंग परिन् ।
शुक्रबार र शनिबार आँबुखैरेनीको ६ नं. वडा अन्तर्गत हिलेखर्क र प्युघरफाँटमा भएको दुईदिने घुम्ति शिविरबाट ११२ जनाले नागरिकता बनाएका आँबुखैरेनी गाउँपालिकाले जानकारी दिएको छ ।
शिविरमा जिल्ला प्रशासन तनहुँको नागरिकता बनाउने सेवा, जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँको स्वास्थ्य सेवा र आँबुखैरेनी गाउँपालिका ६ नं. वडाको सेवाहरु उपलब्ध गराईएको थियो ।