देश / समाज

भूकम्प पीडितका नाममा दाताबाट आएको सामग्री वितरण नगरी विमानस्थलमै जलाइयो

काठमाडौं,२१ चैत । विनाशकारी भूकम्पपछि संयुक्त राष्टसंघ र छिमेकी देशले पीडितहरुलाई पठाएको राहत सामग्री वितरण नै नगरी विमानस्थलको गोदाममा सडेको छ । पीडितका नाममा आएको राहत सामग्री वितरण नै नगरी सडेपछि जलाइएको छ । २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प आएको थियो । भूकम्पबाट लाखौ मानिस घरबास बिहीन बनेका थिए । उनीहरुका नाममा छिमेकी देश र संघसंस्थाबाट आएको राहत त्रिभूवन विमानस्थलको गोदाममा राखिएको थियो । गोदाममा राखिएको राहत सामग्री वितरण नै नगरी सडेको छ भने सडेको सामग्री जलाइएको छ ।...

जो दोषी, उही न्यायाधीश भएपछि

जो दोषी, उही न्यायाधीश भएपछि
काठमाडौँ,२१ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश ...

पुर्वराजा ज्ञानेन्द्र सक्रिय : हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा सहित पूर्व–तराई ‘मिसन’मा

काठमाडौं,२१चैत । पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो । भेटका क्रममा अधिकांस नेताले ह...

सरकारले बिस हजार नयाँ कर्मचारी भर्ना गर्ने

सरकारले बिस हजार नयाँ कर्मचारी भर्ना गर्ने
काठमाडौंं,२१ चैत । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए । संविधानमा प्रदेश लोकसेवा...

वाइडबडी खरिद प्रकरण : २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने

वाइडबडी खरिद प्रकरण  :  २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने
काठमाडौँ, २० चेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नकको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ ।’ अख्तियारको सार्वजनिक सु...

कतारलाई पानी बेच्दै नेपाल

काठमाडौं ,२० चैत । खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो । मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघ...

जिउँदो व्यक्तिलाई मृत घोषणा गरिदिएपछि……

जिउँदो व्यक्तिलाई मृत घोषणा गरिदिएपछि……
काठमाडौँ,२० चैत । मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।   झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

जनजीवन सामान्य बन्दै , पीडितलाई राहातको प्राथमिकता

जनजीवन सामान्य बन्दै , पीडितलाई राहातको प्राथमिकता
काठमाडौं,२० चैत । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।   स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना .(आवास)को आवश्यकता छ...

बार र पर्सामा भीआईपी भीडले राहत वितरण प्रभावित

बार  र पर्सामा भीआईपी भीडले राहत वितरण प्रभावित
बारा,२० चैत । हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहँु हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ । ‘बिहानदेखि नै गाउँको सडकमा भीआईप...

चितवनको इच्छाकामनामा नसर्ने रोगबारे अभिमुखीकरण

चितवनको इच्छाकामनामा नसर्ने रोगबारे अभिमुखीकरण
कुरिनटार, १९ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्यकर्मी र सरोकारवालाहरुका लागी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा विशेष गरि नसर्ने प्रमुख चार रोगहरु मुटु तथा रक्तनलीका रोग (कोरोनरी रक्तनलीको रोग हृदयघात मस्तिष्कघात, मधुमेह,दिर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम र क्यान्सर(स्तन र पाठेघर मुखको ) रोगबारे अभिमुखीकरण सम्पन्न भएको हो । दारेचोक स्वास्थ्यचौकी इच...