काठमाडौं,२० चैत । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।
विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहुँ, मसुरो र रहरजस्ता बालीसमेत पूरै नष्ट भएका छन् । यो समाचार नादर गौतमले गोरखापत्रमा लेखेका छन् ।