काठमाडौं,२१ चैत । विनाशकारी भूकम्पपछि संयुक्त राष्टसंघ र छिमेकी देशले पीडितहरुलाई पठाएको राहत सामग्री वितरण नै नगरी विमानस्थलको गोदाममा सडेको छ । पीडितका नाममा आएको राहत सामग्री वितरण नै नगरी सडेपछि जलाइएको छ ।

२०७२ बैशाख १२ मा विनाशकारी भूकम्प आएको थियो । भूकम्पबाट लाखौ मानिस घरबास बिहीन बनेका थिए । उनीहरुका नाममा छिमेकी देश र संघसंस्थाबाट आएको राहत त्रिभूवन विमानस्थलको गोदाममा राखिएको थियो । गोदाममा राखिएको राहत सामग्री वितरण नै नगरी सडेको छ भने सडेको सामग्री जलाइएको छ ।

भूकम्प पीडितले लामो समय राहत पाएनन् । तर उनीहरुका नाममा आएको राहत सडेपछि जलाइएको महालेखाले जनाएको छ । म्याद गुज्रिएको १९२ बक्स मासु, ९ सय ५० प्याकेट पिठो, १३ काटुन खाख्य सामग्री, एक सय काटुन पानी र ४ सय ११ काटुन कपडा जालाइएको नयाँपत्रिकाले समाचार लेखेको छ ।

भूकम्प पीडितका नाममा त्यही गोदाममा भण्डारण गरिएको ५ हजार किलो चामल, २ हजार किलो दाल, ३ हजार किलो चिनी पनि नष्ट गरिएको छ । राहत सामग्री वितरण नगर्दा र भण्डार पनि राम्रोसँग नहुँदा १ सय ४८ काटुन औषधी, १ सय ६ बोहरा कपडा, १ सय ५८ त्रिपाल पनि काम नलाग्ने भएका छन् ।