आँबुखैरेनी, २१ पौंष । मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको १२ औं साधारण सभा आज सम्पन्न भएको छ । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाईको सभाहलमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा विशेष अथिती रहनुभएको साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवदेनमा आर्थिक वर्ष ०७४÷०७५ मा सहकारीको शेयर पूँजी २ करोड १८ लाख ९९ हजार ७ सय रुपैंया रहेको जनाएको छ । त्यस्तै, कुल निक्षेप २३ करोड १६ लाख १९ हजार ७ सय ३५ रुपैंया २९ पैंसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी, सहकारीले २१ करोड ९४ लाख १० हजार २ सय ९३ रुपैंया कर्जा लगानी गरेको छ । सो अवधिमा ९० लाख ५९ हजार ७४ रुपैंया मु–नाफा गर्न सफल भएको सहकारीका अध्यक्ष मल्लले जानकारी दिनुभएको छ ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, जिल्ला सहकारी संघ तनहुँका सचिव मदन पण्डित, आँबुखैरेनी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष सन्त बहादुर के.सी, क्याम्पस प्रमुख ऋषि के.सी, राम शाह उच्च मावि व्यवस्थापन समितीका अध्यक्ष सानु काजी थापा, राम शाह उच्च माविका प्रधानाध्यापक प्रेमराज लामिछाने, सहकारीका संस्थापक अध्यक्ष विपिन मल्ल, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाइका सभापति कृष्णमान तामाङ्ग, मिलनचोक जरेबर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष केशर बहादुर के.सी, आँबुखैरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष नस्तु कँडेल, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ, माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।