मुग्लिन,२८, पुस । मस्र्याङ्दी बहुउदेश्यीय सहकारी संस्था।लि मुग्लिनको अध्यक्षमा तेज बहादुर शेरचनलाई सर्वसहमतीले चयन गरिएको छ । सहकारीको १८ औँ बार्षिक साधारण सभा तथा अधिवेशनले शेरचनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा किशोर गुरुङ, सचिवमा खुमप्रसाद पन्त, सह–सचिव तथा कार्यालय संचालकमा कुमार श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानु त्रिपाठीलाई चयन गरिएको छ ।
अन्य सदस्यहरुमा उज्वल शेरचन, मिन बहादुर श्रेष्ठ, बल बहादुर त्रिपाठी, जुनाराज भण्डारी, गीता कुमारी गुरुङ, बासुदेव सिलवाल, राधा कडेँल र शान्ता त्रिपाठी रहेका छन् ।यसैबीच लेखा समितिमा तारा पन्त, माया सिलवाल स्लामविन मियाँलाई चयन गरिएको छ।
अधिवेशनको चितवन क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले समुद्घाटन गर्नुभएको थियो । पोखरेलको प्रमुख आतिथ्य, गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठको विशिष्ट आतिथ्य र सहकारीका अध्यक्ष जयलाल श्रेष्ठको सभापतित्वमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालको पाँच उत्कृष्ट बहुउदेश्यीय सहकारी मध्येमा पर्ने मस्र्याङ्दी बहुउदश्यिय सहकारी संस्था लिको स्थापनाकाल देखि हाल सम्म जयलाल श्रेष्ठ अध्यक्ष रहनुभएको थियो ।
चितवन क्षेत्र न २ प्रदेश सभा ९क०मा पर्ने इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा रहेको यस संस्थाले शिक्षा , कृषि र विद्युत लगायतका क्षेत्रमा योगदान दिदैँ आएको छ ।