जनगुनासो बढेपछि सांसद जोशी पुगे क्यान्सर अस्पताल
चितवन : भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सम्बन्धी व्यापक जनगुनासो बढेपछि बागमती प्रदेश सांसद उत्तम जोशी अस्पताल पुगेका छन् । जोशीले आज (बिहीबार) अस्पतालले दिने सेवाको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले र वडा सदस्यहरु, कांग्रेस भरतपुर ७ का वडा सभापति बिनोद ढकालसहित जोशी अस्पताल पुगेका थिए ।
अस्पताल पुगेपछि बिरामीहरुले जोशीसँग व्यापक गुनासो राखेका थिए । बिरामी र बिरामीका आफन्तहरुले शल्यक्रियाका लागि अस्पतालले मह...








