तनहुँ : आँबुखैरेनी गाउँपालिका अध्यक्ष सुक्र चुमानले गाउँपालिकाले एक सय शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभएको छ । १५ शैयाको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसंग समन्वय गरेर निकट भविष्यमा एक सय शैयाको अस्पताल सञ्चालन गर्ने बताउनुभएको हो ।
आँबुखैरेनी मात्र नभई गोरखा लगायत आसपासका जिल्लाहरुका सर्वसाधरणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिनका लागि एक सय शैयाको अस्पताल सञ्चालन गरिने बताउनुभयो ।
अस्पताल निर्माणका लागि सरकारका मन्त्री र पार्टीका शिर्ष नेतृत्वहरुसंग आग्रह गरिएको बताउनुभयो ।
१५ शैयाको अस्पताल गाउँपालिकाले सञ्चालन गरिरहेको र एक सय शैया अस्पताल प्रदेश र संघिय सरकारसंग सहकार्य गरि सञ्चालन गर्न तयार रहेको बताउनुभयो ।
एक सय शैयाको अस्पताल सञ्चालनपछि आँबुखैरेनी र आसपासका सर्वसाधरणले उपचार गर्न अन्यात्र जान पर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष चुमानको भनाई छ।
आँबुखैरेनीमा एक सय शैयाको अस्पताल र ट्रमा सेन्टर आवश्यक रहेको उहाँको भनाई छ ।
इच्छाखबर संवाददाता












