तनहुँ : कोरोना भाइरसबाट गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४ पुगेको छ।आइतबार प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि हनेहरुमा बाग्लुङका ९ जना,म्याग्दीका ४ जना, पर्वतका २ र तनहुँका १ जना रहेका प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।