
कुरिनटार : आज (बुधबार)देखि चितवनको इच्छाकामना गाउँपालिकामा कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।
१८ वर्ष पुरा भई कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीहरुलाई भदौ ९ र १० गते खोप
लगाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटार र नमुना गाउँ घर क्लिनिक मुग्लिनमा खोप कार्यक्रम सञ्चालन हुने हुने छ ।
खोप लगाउन जाँदा अनिबार्य रुपमा आफ्नो उमेर र परिचय खुल्ने कागजात लिएर जानुका साथै माक्सको प्रयोग, सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्य कम मापदण्ड अनिवार्य पालना गर्न पनि अनुरोध गरेको छ ।