रोचक खबर

फेसबुकले थप्यो नयाँ फिचर

फेसबुकले थप्यो नयाँ फिचर
वासिङ्टन डिसी:  विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही ...

एक युवकले साँढेको सेक्स पावर बढाउने औषधि सेवन गरेपछि…..

एक युवकले साँढेको सेक्स पावर बढाउने औषधि सेवन गरेपछि…..
आजभोली शारीरिक सम्बन्ध बनाउका लागि युवा युवतीले विभिन्न प्रकारका केमिकलको प्रयोग गर्न थालेका छन् । यसैक्रममा एउटा नयाँ घटना सार्वजनिक भएको छ । मोक्सिकोको रीनोसामा एक व्यक्तिले साँढेलाई उत्तेजित बनाउने औषधि सेवन गरेका छन् । औषधि सेवनपछि उनलाई तीनदिनसम्म अस्पतालमा भर्ना गर्नु परेको छ । अस्पताल भर्ना गरे लगत्तै चिकित्सकले ती युवकको लिंगको शल्यक्रिया गर्नु परेको छ । ती व्यक्तिले एक ३० वर्षीया महिलासँग शारीरिक सम्बन्ध बनाउनका लागि साँढेलाई उत्तेजित पार्ने औषधि सेवन गरेका अन्तर्...

हाँस्नुको फाइदैफाइदा : कसरी हाँस्ने त ?

हाँस्नुको फाइदैफाइदा : कसरी हाँस्ने त ?
एक अध्ययनमा हाँसोले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्ने निष्कर्ष निकालिएको छ । हाँसोले हाम्रो शरीरलाई आराम दिने तनाव हटाउन सहयोग पुर्याउँछ । तनावले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छ । तर हाँसोले भने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हाँसोले तनाव हर्मोनलाई घटाउने काम गर्छ । हाँस्दा वृद्धवृद्धालाई अल्जाइमर रोग लाग्न नपाउने अनुसन्धानको निष्कर्ष छ । इन्डोर्फिन नामक हर्मोन वृद्धि हुने भएकाले यसले पीडा पनि कम गर्छ । रक्तन...

जहाँ बसाइँ आउँदा दुहुनो गाई

जहाँ बसाइँ आउँदा दुहुनो गाई
काठमाडौं :  सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ । गाउँपालिकाभरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्‍याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । ‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’ उनले भने ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ ।’ कार...

रोबोटसँगको यौन सम्बन्धमा रम्दै पश्चिमा टिनेजर

रोबोटसँगको यौन सम्बन्धमा रम्दै पश्चिमा टिनेजर
एजेन्सी "  मानिसको जीवनमायौन सबैभन्दा महत्वपूर्ण हुन्छ । यौन आवश्यकता नहुँदा मानिस डिप्रेसनमा पर्छ । पछिल्लो समयमा मानिसले बिकास गरेका विभिन्न प्रकारका कृत्रिम सामाग्रीको प्रयोग यौन जीवनमा बढ्न थालेको छ । कृत्रिम सामाग्रीको प्रयोग गरेर यौन प्यास मेटाउनका लागि पश्चिमा देशका पुरुष र महिला सबैभन्दा अगाडि छन् । तर त्यस्ता सामाग्रीले जीवनलाई थप समस्या पारेको एक अनुसन्धानले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले यौन जीवनमा रोबोर्टको प्रयोगले थप समस्या निम्ताएको खुलेको छ...

चुम्बन गर्दै प्रेमिकाको जिब्रो चुडाल्ने महिला पक्राउ

चुम्बन गर्दै  प्रेमिकाको जिब्रो चुडाल्ने महिला पक्राउ
काठमाडौं :  अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बता...

आखिर वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास

आखिर वकिलले किन लगाउँछन् कालो कोट ? यस्तो छ रोचक इतिहास
एजेन्सी  : बहस गर्ने बेला वकिलहरुलाई कालो पहिरनमा देख्न सकिन्छ । वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ?नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ? स्मरणरहोस् बेलायती शासक एडबर्ड तृत्तीयले सन् १३२७ मा वकालतको सुरुवात गरेका थिए । त्यस समय पहिरन संहिताका आधारमा न्यायाधीशहरूको भेषभुषाको मापदण्ड बनाइयो...

७५ बर्षिय चन्द्रवीर जसले एक्लै पहाड फोडेर गाउँमा बाटो पु–यायो

७५ बर्षिय चन्द्रवीर जसले एक्लै पहाड फोडेर गाउँमा बाटो पु–यायो
काठमाडौं :  उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु(याउने । चार वर्षदेखिको उनको सपना एक्लै पूरा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पु(याएका हुन्। गाउँको नजिकै राजमार्ग छ तर गाउँसम...

जब श्रीमतीले हनिमूनमा आमालाई पनि सँगै लगिन्, श्रीमानले आमासँग गरे विवाह

जब श्रीमतीले हनिमूनमा आमालाई पनि सँगै लगिन्, श्रीमानले आमासँग गरे विवाह
तपाइलाई सुन्दा पत्यार नलाग्न सक्छ । तर एउटा वास्तविक अचम्मको घटना सार्वजनिक भएको छ । एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना सार्वजनिक भएको हो । लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि माफी नदिने बताएकी छिन् । उनकी आमा जुली, जो अहिले ५३ वर्ष पुगिन्, ले उनको विवाहमा २५ हजार पाउन्ड ९करिब ३७ लाख रुपैयाँ० खर्च गरिन् । आमाप्रति आफू आभारी भएको देखाउन ल...

प्रहरीकै गाडीमा ट्राफिक प्रहरी द्वारा व्हिल लक

प्रहरीकै गाडीमा ट्राफिक प्रहरी द्वारा व्हिल लक
महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो। सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए। ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ ढकालले भने।