एजेन्सी ” मानिसको जीवनमायौन सबैभन्दा महत्वपूर्ण हुन्छ । यौन आवश्यकता नहुँदा मानिस डिप्रेसनमा पर्छ । पछिल्लो समयमा मानिसले बिकास गरेका विभिन्न प्रकारका कृत्रिम सामाग्रीको प्रयोग यौन जीवनमा बढ्न थालेको छ ।
कृत्रिम सामाग्रीको प्रयोग गरेर यौन प्यास मेटाउनका लागि पश्चिमा देशका पुरुष र महिला सबैभन्दा अगाडि छन् । तर त्यस्ता सामाग्रीले जीवनलाई थप समस्या पारेको एक अनुसन्धानले देखाएको छ ।
अमेरिकामा गरिएको एक अध्ययनले यौन जीवनमा रोबोर्टको प्रयोगले थप समस्या निम्ताएको खुलेको छ । स्पेनमा पनि महिला र पुरुष दुवै रोबोट सेक्स डलमा आकर्षित भएपछि अहिले सरकारले नै अनुसन्धान सुरु गरेको छ ।
डलहरुको प्रयोग युवतीले धेरै गरेको पाइएको पब्लिक हेल्थ सम्बन्धित बेलायतको एक विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख छ । युवतीहरुमा भने कुमारीत्व तोड्नेदेखि मानसिक समस्या पनि देखिएको पाइएको छ ।
तर पश्चिमा देशहरुमा बलात्कारको क्रम भने डलहरुको प्रयोगले रोकिएको पाइएको छ । यसले नैरास्यता भने बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोबोट सेक्सको प्रयोगले समाजमा पनि नकरात्मक प्रभाव परेको अनुसन्धानमा उल्लेख गरिएको छ ।
पछिल्लो समय रोबर्ट सेक्स र विभिन्न कृत्रिम सेक्स सामाग्रीको प्रयोगमा उमेर हद लगाउनु पर्ने बहस युरोपमा चलिरहेको छ ।