
आजभोली शारीरिक सम्बन्ध बनाउका लागि युवा युवतीले विभिन्न प्रकारका केमिकलको प्रयोग गर्न थालेका छन् । यसैक्रममा एउटा नयाँ घटना सार्वजनिक भएको छ । मोक्सिकोको रीनोसामा एक व्यक्तिले साँढेलाई उत्तेजित बनाउने औषधि सेवन गरेका छन् । औषधि सेवनपछि उनलाई तीनदिनसम्म अस्पतालमा भर्ना गर्नु परेको छ ।
अस्पताल भर्ना गरे लगत्तै चिकित्सकले ती युवकको लिंगको शल्यक्रिया गर्नु परेको छ । ती व्यक्तिले एक ३० वर्षीया महिलासँग शारीरिक सम्बन्ध बनाउनका लागि साँढेलाई उत्तेजित पार्ने औषधि सेवन गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्ति औषधि सेवनलगत्तै उत्तेजित भएका थिए । साथीहरुले उनलाई तत्काल अस्पताल भर्ना गरे ।
यी व्यक्ति तीन दिनसम्म उत्तेजित अवस्थामा रहेका थिए । अवस्थामा सुधार नआएपछि चिकित्सकले उनको गोप्य अंगको शल्यक्रिया गरे । अहिले भने उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । औषधि किसानले साँढेलाई खुवाउने गरेका थिए ।
मेक्सिकोको बेराक्रुज क्षेत्र सेक्स सम्बन्धि औषधिका लागि कुख्यात छ । यो क्षेत्र स्मगलिंगका लागि पनि चर्चित रहेको छ । यहाँ यौन व्यापार र लागूऔषधको अवैध कारोबार हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी