सुरज सिलवाल


मुग्लिङ २१ असोज – चितवनको इच्छाकामना गाउँपालिका क्षेत्रमा पनि दिनानुदिन कोरोना संक्रमणको दर र प्रभाब बढेको छ।
पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृत  सुकदेव लम्साललाई संक्रमण देखिएपछि असोज २० गते देखि लागू हुनेगरी ५ दिनको लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको छ भने गत आइतबार बाट नियमित संचालनमा आएका शैक्षिक संस्थापनी बन्द गरिएको छ। । प्रशासकिय प्रमुखले गत १५गते कोरोना परिक्षणको स्वाब नमुना संकलन गरे पछि ६१ बाढी पहिरोले बगाएको घरधुरीलाई सहयोगार्थ कार्यक्रममा सहभागिता जनाएका थिए र कार्यालयमा पनि नियमित काम गरेका थिए ।

 

फोटो : बिना मास्क प्रशाशाकिय प्रमुख लम्साल सहित , गा पा प्रमुख गीता गुरुङ र अन्य अधिकारी
(Source:Facebook post of Gita Gurung)
पी.सि.आर जाँचको प्राबधान अनुसार नमुना संकलन गरे पछि नमुनाको नतिजा नआए सम्म आफै आइसोलेसनमा बस्न पर्दछ । वहालाई संक्रमण देखिएपछि समुदाय स्तरमानै संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ ।
त्यस्तै बजारक्षेत्रमा नागरिकहरुमापनि चरम लापरबाही देखिएको छ । विभिन्न स्थानमा नागरिकलाई भेलागरि गरिने सामुहिक कार्यक्रममा पनि उल्लेखनिय वृद्धि भएको छ । त्यस्तै विभिन्न ब्यबसायीहरुले पनि आवश्यक साबधानी अपनाएको पाइएको छैन । बिना मास्क सामाजिक दुरी कायम नगरी बस्ने मान्छेको संख्या पनि बढेको देख्न सकिन्छ ।
पी सि.आर परिक्षणका लागि स्वाब दिसकेपछी नतिजा न आउन्जेलसम्म आफै अलग्गै बस्न आवश्यक छ। साना तिना लापरबाहीले आउने दिन कोरोना संक्रमणले गाउँपालिकालाई थप चुनौती नदेला भन्न सकिन्न ।
लेेेखक इच्छाकामना विकास फोरमका सदस्य समेत हुनुहुुुन्नछ।