रविकिरण रेग्मी
गोरखा१२ आश्विन,
गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने बिबादले गाउँसभा हुन सकेको छैन भने  यहिि असोज १० गतेको लागि डाकिएको सभा समेत नेकपाले बहिस्कार गरेर गणपुरक शंख्या नपुगेपछि स्थगित भयो। गाउँसभा समयमा हुन नसक्दा बजेट बिनियोजन हुन सकेको छैन फलस्वरूप गाउँपालिका भित्र हुने विकास निर्माण लगायत सबै कार्यहरु प्रभावित भएको छ। यसै सन्दर्भमा हामीले गण्डकी गाउँपालिका ०७ का स्थानीय बुद्दिजीवी, स्थानीय नेता लगायत सरोकारवालाहरु संग संबाद गरि यो रिपोर्ट तयार गरेका छौं।

गण्डकी गाउँपालिकाको केन्द्र विवादले स्थानीय बिकासका सबै क्रियाकलाप ठप्प भएको छ। केन्द्रको बिबादमा स्थानीयहरू विभाजित भएका छन् एउटै पार्टीका नेता/कार्यकर्ता समेत विभाजित देखिन्छन। सामाजिक संजालमा स्थानीय युवाहरुको तिब्र प्रतिक्रिया देखिन्छ। स्थानीय शासन ऎन २०७४ अनुसार जनप्रतिनिधि निर्बाचित भएको ६ महिना भित्र सामान्य बहुमतले र ६ महिना पश्चात दुइ तिहाई बहुमतले केन्द्रको निर्णय गर्नसक्ने व्यवस्था उल्लेख गरिएको छ। कार्यपालिकामा कांग्रेस वा नेकपा कुनै एकदलको दुइ तिहाइ बहुमत पुग्दैन तसर्थ दुवै दल सहमतिमा नगए परिस्थिति जटिल देखिन्छ। पुर्व माओवादी पृष्ठभूमिका नेकपाका स्थानीय कार्यकर्ता सनत पौडेल पार्टीले पहिल्यै निर्णय गरिसकेको र जनताको चाहना समेत भुम्लिचोकको ओखलडाँडा रहेकोले सोहि ठाउं नै उपयुक्त हुने विचार ब्यक्त गर्छन। राजनीतिक पूर्वाग्रहका कारण स्थानीय बिकासका कार्यक्रम ठप्प हुनु दुखद भएको उनको भनाइ छ। पौडेल भन्छन ओखलडाँडा नहुने हो भने सिउरिनटार वा बुटार सार्नुपर्छ। नेकपाले भनेको बनटार र कांग्रेसले भनेको ओखलडाँडा दुवै गण्डकी गाउँपालिकाको ०६ नम्बर वडा हो। यसरी हेर्दा जनताको सुबिधाको निम्ति भन्दापनि पार्टीहरुको जुँगाको लडाईं जस्तो देखिन खोज्छ।

स्थानीय नेकपाका युवा नेता सुधिर कार्की भने पार्टीको नीति बिपरित जान नसकिने र बनटार नै उपयुक्त हुने बिचार राख्छन त्रिशुली नदीको किनारै किनार रोड जाने हुनाले पालिकाको ८ ओटै वडाको जनताको निम्ति समेत सुबिधा हुने उनको भनाइ छ। नेकपा वडा नम्बर ०७ का सचिब कृष्ण रेग्मी भने केन्द्रको बिबाद बढ्दै गएकाले बरु घ्याल्चोकको सिउरिनटार सार्नु उपयुक्त हुने धारणा राख्छन तर भुम्लिचोकको ओखलडाँडामा पनि आफ्नो आपत्ति नरहेको उनको भनाइ छ। स्थानीय घ्याल्चोक समाजसुधार युवा क्लबका अध्यक्ष चिज कुमार गुरुङ भन्छन,भुम्लिचोकको ओखलडाँडा उपयुक्त नै भएपनि अझै त्यो भन्दा सुबिधायुक्त स्थान खोज्न सकिए राम्रो हुने थियो कि !

पछि पर्नसक्ने सम्भाबित जोखिमलाइ सोचेर वा बिबादमा पर्न नचाहेर कतिपय स्थानीय नेता तथा बुद्दिजिविहरु भने यस बिषयमा खुलेर प्रतिकिया दिन समेत खोज्दैनन् । पुर्व एमाले पृष्ठभुमिका नेकपाका युवा तथा बामपन्थी चिन्तक विशाल क्षितिज भने संघियताको मर्म र जनताको भावनाको सम्मान गर्दै निर्णय गर्नुपर्ने बताउँछन्। गाउँ गाउँमा सिंहदरबार कम्युनिस्ट पार्टीकै एजेन्डा भएकाले त्यसै अनुरुप निर्णय हुनुपर्ने उनको धारणा छ। क्षितिज थप्छन कम्युनिस्ट गरिब, किसान र गाउँलेको पार्टी हो सहर ताक्दै हिंड्ने होइन गाउँलाइ सहर बनाउने हो विकास गर्ने हो। यसरी हेर्दा भुम्लिचोकको ओखलडाँडा लाई पालिकाको केन्द्र बनाउँदा विवाद गर्नुपर्ने कारण नै छैन उनी भन्छन् । बेलायतको अक्सफोर्ड विश्वबिधालयमा विकास अर्थशास्त्रमा अध्ययनरत बिज्ञानबाबु रेग्मी भने नेताहरुले पार्टी बिशेषको स्वार्थ भन्दापनि पछिसम्म सबै वाडको जनताको हित अनुकुल हुने गरेर निर्णय गर्नुपर्ने र सकेसम्म सहमतिमा निर्णय गर्दा राम्रो हुने बिचार राख्छन।

स्थानीय समाजसुधार युवा क्लबका उपाध्यक्ष तथा नेकपाका युवा कार्यकर्ता अन्जन रेग्मी नेताहरुले अंहमता त्याग्नुपर्ने र जनताको चाहनाको सम्बोधन गर्नुपर्ने राय राख्छन। भुम्लिचोकको ओखलडाँडा चाहिं नहुने त्यसको ६ किलोमिटर तल चाहिं हुने ? उनि प्रश्न गर्छन ! के कारणले हुने के कारणले नहुने जनतालाई जवाफ दिनुपर्दैन ?

असार मसान्तमै गाउँसभा सकि बजेट बिनियोजन गरेर बिकास निर्माण लगायतका कामहरु निरन्तर गर्नुपर्नेमा पार्टीहरुको जुँगाको लडाईंले गाउँपालिका अनिर्णयको बन्दि बनेको छ। नेकपाका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७७/०६/११ गते केन्द्र बिबादको बिषयलाई चासो राख्दै नेकपाका गण्डकी गाउँपालिकाको नेता तथा जनप्रतिनिधिलाई पोखरामै बोलाएर छलफल गरेका थिए। गाउँपालिकाले पुन: २०७७/०६/१३ मा गाउँसभा बोलाएको छ। पार्टीहरुले आफ-आफ्नो जुँगाको लडाईं छोडी जनताको निम्ति सोचेर तत्काल विवाद टुंग्याई पालिकाको विभिन्न कार्यहरु सुचारु गर्नुपर्ने आजको टड्कारो आबश्यकता देखिन्छ।