काठमाडौँ :  खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि भएको छ ।भारतबाट मूल्य बढेर आएको जनाउँदैनेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।

खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ।