कुरिनटार :  नेकपा एमाले इच्छाकामना गाउँ कमिटीको सपथ ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य कृष्ण भक्त पोखरेलले कुरिनटारमा एक कार्यक्रमकाबिच गाउँकमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै सांसद पोखरेलले पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केही साथीहरु बहिरन सक्छन् तर आम कार्यकर्ताहरु एकताको पक्षमा रहेको छ अब नेकपा एमाले थप मजबुद बन्दै जाने छ ।” साथै उहाँले टोलटोलमा गएर पार्टी संगठन विस्तार अघि बढाउन र अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई जानकारी गराउन निर्देशन समेत दिनुभयो ।

No description available.

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी,जिल्ला अध्यक्ष पारवती रावल , सचिव प्रकाश खनाल ‘शैलेस’ नेकपा एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङ,नारायण  अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।
आजै कुरिनटारमा पार्टी कार्यालयको उद्घाटना समेत गरिएको नेकपमा एमाले इच्छाकामनाका सचिव रुद्र उप्रेतीले जानकारी दिनुभयो ।
नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सचिव उप्रेतीले संचालन गर्नुभएको थियो ।

May be an image of 3 people, people standing and outdoors