कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना ६ को अध्यक्षमा याम बहादुर गुरुङ चयन हुनुभएको छ । बिहिबार सम्पन्न भेलाले गुरुङको नेतृत्वमा२९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । यसैबिच सचिवमा सूर्य बहादुर गुरुङ चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र सचिवालय सदस्य तथा चितवन क्षेत्र नं.२ (क) को बागमती प्रदेश सदस्य घनश्याम दाहाल अविनास लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।