
घ्यालचोक, ३० साउन । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ मा रहेको नमूना विद्यालय ज्ञान मार्ग माध्यमिक विद्यालय घ्यालचोकको विभिन्न भौतिक संरचना निर्माणका लागि डिपिआर कार्य सुरु भएको छ । भेटेरीनरी विषयको पढाइ समेत हुने यस विद्यालयलाई गत बर्ष नमूना विद्यालय घोषणा गरिएको थियो ।
यस बर्षबाट कार्यन्वयन हुने गरि डिपिआर सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तूलसी रेग्मिले जानकारी दिनुभयो ।
शनिबार सम्म डिपिआर तयार पारिने छ । डिपिआर तयार भएपछि कुन–कन शिर्षकमा कती खर्च गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी बुद्धिजिविहरुको उपस्थितिमा छलफल गरि निर्णय गर्ने अध्यक्ष रेग्मिले बताउनुभयो । उहाँका अनुसार उक्त निर्णयहरु गाउँ कार्यापालिकामा पेश गरि कार्यन्यवनमा जाने छ ।
पञ्चे बर्षे योजना अन्तरगत जम्मा वजेट रु ७ करोड रहने उहाँले बताउनुभयो । पहिलो बर्ष १ करोड ५० लाख वजेटबाट काम सुरु हुनेछ ।
साथै शुक्रबार नमुना विद्यालय सम्बन्धि अन्र्तकृया कार्यक्रम समेत सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् टिकाराम खतिवडाले नमूना विद्यालय हुनका लागि हुनु पर्ने आवस्यक आधारहरुका बारेमा प्रष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष तूलसी रेग्मिको अध्यक्षता सम्पन्न कार्यक्रममा शिक्षाविद् टिकाराम खतिवडा प्रमुख अतिथि र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सदस्य दीपक तिमिल्सिना विशेष अतिथि रहनुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक सहित भूपू प्र.अ वासुदेव रेग्मी , प्र.अ. टेकप्रसाद नेपाल लगायतको सहभागिता रहेका थिए । विद्यालय प्राङ्गणमा भएको कार्यक्रम शिक्षक रामचन्द्र अधिकारीले संचालन गर्नुभएको थियो ।