बेनिघाट- धादिङको बेनिघाटमा  एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् । बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । श्रीमानको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन्। के कारणले उनिहरु हाम्फाले त्यो भने खुल्न बाकी रहेको छ।