उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वमा आज भइरहेको मतदानमा दिउँसो ४:३० बजेसम्म ७० प्रतिशत भन्दा बढि भोट खसेको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अनुसार जम्मा मतदाता तीन हजार ७४८ रहेकोमा अहिलेसम्म दुई हजार ६०० भन्दा धेरै मतदाताले मतदान गरेका छन् । विद्युतिय मेसिनमार्फत् भएको मतदानका लागि ५० जना भन्दा बढी निर्वाचनमा परिचालन गरिएको छ । प्रधानले निर्वाचनमा ८० प्रतिशत जति भोट खस्ने अनुमान गरिएको बताए । मतगणनाको परिणाम आजै साँझसम्म आउने बताइएको छ ।
आज बिहान ९ बजेबाट सुरु भएको मतदानमा अध्यक्षतर्फ राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्य चुनावी प्रतिस्पर्धामा छन् । शाक्यको प्यानलमा रहेका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षहरु सुमनकुमार श्रेष्ठ र भोजराज कँडेल भने निर्विरोध भएका छन् । अध्यक्षसहित अन्य केही कार्यसमितिको सदस्यको लागि आज निर्वाचन भएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपाको समर्थन राजु श्रेष्ठलाई छ भने कांग्रेसको समर्थन शाक्यलाई रहेको छ ।