इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँ मा वि ले आज एक कार्यक्रम विच आफ्नो विद्यालय स्थापनाको गौरवमय ५९ औ वार्षिक उत्सव मनाएको छ।
गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने माझगाउँमा अवस्थित अग्रिण शैक्षिक संस्था माझगाउँ मा.विले वडा नम्बर ३ को वडा अध्यक्ष गोवर्धन अधिकारी प्रमुख आतिथ्यमा स्थापनाको गौरवमय ५९ वर्ष गाँठ मनाएको हो। विद्यालय ब्यबस्थापन समितीको जेष्ठ सदस्य राम बहादुर गुरुङको सभापतित्वमा कार्यक्रम भएको बिद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताउनुभयो । ५९ औ वार्षिक उत्सवको अवसरमा केक काटेर उपस्थित सबै लाई खुवाइएको थियो।
२०१८ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि १० सम्मको पढाई हुन्छ । यस विद्यालयमा १७० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ गुरुङले जानकारी दिनुभयो ।