धादिङ – धादिङको मलेखुमा ट्याक्सि जलेर क्षतिग्रस्त भएको छ । बिग्रीएको ट्याक्सि वेल्डिङ गर्ने क्रममा जलेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ट्याक्सि ठुलो दुर्घटनामा परेर जलेको भनी बाहिर हल्ला आएपनि मानविय क्षति तथा अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।