इच्छाकामना गाउँपालिका ४ स्वाराथोक स्थित नवनिर्मित बौद्ध गुम्बाको गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ द्वारा  समुद्घाटन भएको छ।

मृगको वर्ष (फो-ल्हो) को बिदाइ तथा नया बर्ष मुसा (च्यु ) को स्वागत गर्दै  तमु समुदायले मनाउने ल्होसारको अबसर पारेर इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कृति कुमार श्रेष्ठको उपस्तिथिमा गुम्बाको उद्घाटन गरिएको हो।

५८ घर धुरी बौद्ध धर्मावलम्बी रहेको स्वाराथोकमा  गाउँपालिका बाट विभिन्न चरण गरि रु ९ लाख नगद सहयोग र स्थानीयको जन श्रमदान द्वारा गुम्बा तयार भएको गुम्बा निर्माण उपभोक्ता समिती  अध्यक्ष कृष्ण बहादुर गुरुङले बताउनु भएको छ।