काठमाडौं : राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ ।
सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन् । निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य ९सातै प्रदेश० र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ ।