आँबुखैरेनी गाउँपालिकामा  नेकपाबाट निर्वाचित भएका एक जना वडासदस्य कांग्रेस प्रवेश गरेका छन् ।

शनिबार नेपाली कांग्रेस आँबुखैरेनीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा नेकपाबाट आँबुखैरेनी २ नं. वडाको वडासदस्यमा निर्वाचित धनराज गुरुङ नेपाली कांग्रेस प्रवेश गरेका हुन् । गुरुङसँगै जनमुक्ति पार्टीका सपना तामाङ्ग, स्थानीय कलाकार कमल सापकोटा लगायत ३७ जना नेपाली कांग्रेस  प्रवेश  गरेको  कांग्रेस आँबुखैरेनी गाउँ कमिटीले जनाएको  छ।  नव प्रवेशीहरुलाई पूर्व वनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले अबिर टिका लगाई पार्टी प्रवेष गराएका थिए ।

साथै सोही भेलाले आंबु खैरेनी गाउँपालिका तरुण दलको अध्यक्षमा बिजय गुरुङलाई चयन गरेको छ।