माडी -नेपाल तरुण दल माडीनगरपालिकाको अध्यक्षमा शिवबहादुर कार्की चयन हुनुभएको छ । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । आज चितवनको माडी नगरपालिका बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो।यस अघि उहाँ उपाध्यक्ष रहनुभएको थियो ।
त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन हुनुभएको छ । नेपाल तरुण दल चितवन क्षेत्र नं ३(ख)को सचिव बन्नुभएका राजु रानामगरलाई पनि आज सम्मान गरिएको छ । उता नेपाली काँग्रेस माडी नगर समितिको आज बसेको बैठकले आगामी माघको पहिलो हप्तामा कार्यकर्ताको नेतृत्व विकास सम्बन्धि तालिम संचालन गर्ने तथा माडीका ७० वर्ष काटेका काँग्रेसका सदस्यहरुको जीवनी सहितको पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।