चितवन- चितवनको इच्छाकामना गाउँपालिका ७ भालुटारस्थित भित्री सडकमा भएको गाडी दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर १० का सुरज पौडेलको मंगलबार बेलुकी ८ बजे उपचारका क्रममा मृत्यु भएको छ ।
भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको डिआई गाडीले रोकिराखेको ना ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गाडी अनियन्त्रित भई नालीमा पल्टिँदा सोही गाडीमा सवार पौडेल गम्भीर घाइते भएका थिए ।

अस्थायी प्रहरी चौकी पदमपुरबाट आठ किलोमिटर उत्तरमा भएको दुर्घटनामा गम्भीर घाइते पौडेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।