कुरिनटार,२८ मंसिर । चितवन क्षेत्र नम्बर २ का संघिय सांसद कृष्णभक्त पोखरेलले कांग्रेसले इच्छाकामनामा विउ जोगाउन अपराध गर्न तर्फ लागेको बताउनुभएको छ ।
आज नेकपा इच्छाकामनाले मंसिर २१ गते आफ्ना स्थानीय नेता तथा कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले गरेको कुटपिट र अमानवीय व्यवहारको विरोधमा आयोजित विरोध सभा कार्यक्रममा उहाँले कांग्रेस आफु कमजोर भएपछि विउ जोगाउन अपराध गर्नतर्फ लागेको आरोप लगाउनुभएको हो । प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापती समेत रहनुभएका सांसद पोखरेलले कांग्रेसको अस्तित्व सकिदैँ गएपछि अतालिएर अपराध गरेरै विउ जोगाउने सपना बोकेको हो भने त्यो पुरा नहुने बताउनुभयो ।
सांसद पोखरेलले भन्नुभयो,“जनप्रतिनिधिलाई कुटपिट गर्दा, कालोमोसो दली मलमुत्र खुवाउने प्रयात्न जस्तो दुरव्यवहार गर्दा नेपाली कांग्रेसले अपराधीलाई जोगाउन विज्ञप्ती निकाल्नु कही न कही कांग्रेस नेतृत्व नै यस अपराधी घटनामा संलग्न छ भन्ने पुष्टी हुन्छ, काउलेमा एक्लै–एक्लै चुनाव लड्दा पनि कम्यूनिष्ट नै पहिलो र दोश्रो थिए,कम्यूनिष्ट थलोमा यदी कांग्रेस अपराध गरेरै विउ जोगाउन लागीपरेका छन् भने त्यो दिवा सपना पुरा हुन सक्दैन, अब ती अपराधीहरुलाई मानवता विरोधी मुद्धा लागेको छ, त्यो मुद्धामा कोही मतियार बन्छ भने मतियारको विरद्धमा हामी मुद्धा गर्छौ ।”
साथै उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित जनप्रतिनिधीलाई कालोमोसो दली कुटपिट गरेर हैसियत नभएकाहरुले हैसियत देखाउन खोजेको चितवन क्षेत्र नं। २ का संघिय सांसद कृष्णभक्त पोखरेलले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्य प्रकाश अधिकारी , जिल्ला सदस्यहरु नारायणप्रसाद अधिकारी, प्रताप गुरुङ, जुना राजभण्डारी, सावित्रा सिलवाल वडाअध्यक्षहरु,नेपाल चेपाङ संघका केन्द्रिय उपाध्यक्ष बिल चेपाङ्ग र नकेपाका स्थानीय नेताहरुले बोलेका थिए ।
कार्यक्रम जिल्ला सदस्य दान बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको हो ।
मंसिर २१ नेकपा इच्छाकामना २ का वडाध्यक्ष प्रकाश बुढाथोकी सचिव तथा जनप्रतिनिधि वडाअध्यक्ष पञ्च बहादुर चेपाङ्ग सहित कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले कुटपिट र कालोमोसो दली मलमुत्र खुवाउने प्रयात्न गरेका थिए ।
इच्छाखबर संवाददाता












