कुरिनटार: आज मंगलबार जिल्ला समन्वय समिति चितवनले इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको घटनाको घोर भत्र्सना गरेको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषी जो कोही भए पनि कानुनी दायरमा ल्याई कडा भन्दा कडा कारवाही गरी पीडितलाई न्यायको अनुभुति गराउन जिम्मेवार निकायसँग माग गरेका छन् ।
वडा अध्यक्ष पन्च बहादुर प्रजा लाई चार दिन अघि वडा कार्यलय सार्ने कुरामा विवाद हुदा स्थानीय नेपालीकांग्रेस का नेताको नेतृत्वमा रहेको स्थानीय को समूह ले कुटपिट सहित कालो मुसो र जुत्ता चप्पलको माला लगाइएको थियो।