भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । पुलिसका अनुसार आरोपीले उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याएको थियो जहाँ उनीहरुले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए ।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ ।

१४ दिनको न्यायिक हिरासतमा पठाइयो थियोः

हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । पुलिसले यो मामलामा चार आरोपीलाई पक्राउ गरेको थियो ।

पक्राउ हुनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए ।

उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइन्छ ।त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । चारैजना आरोपीलाई अस्पतालले