कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले विवाह गरेकि छिन् । भाइरल तरकारीवाली कुसुम श्रेष्ठले  धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएको थियो । पाकिस्तानी चियावाला अरशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकि कुसुम भाइरल भएकि थिइन् ।

फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थुप्रैले गरेका थिए । उनी नेपाल, भारत लगाएत बिबिसी जस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छाएकी थिइन् । उनी अभिनित चलचत्रि ‘लम्फु’ फ्लप भएपछि हराएकि थिइन् । रातारात विश्वभर चर्चित बनेकी कुसुम अहिले गुमनाम जस्तै छिन् ।