चितवन : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज चितवनमा मनोनयनपत्र दर्ता हुँदैछ ।चितवनमा मनोनयनपत्र दर्ता हुँदैछ ।भरतपुर वडा नं१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता हुन लागेको हो । ती वडाका अध्यक्षहरुको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । भरतपुर–१६ का लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर भरतपुर र खैरहनी ४ र ५ का लागि खैरहनी नगरपालिकाको पुरानो भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए ।

मनोनयनपत्र दर्ताको कार्यक्रम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म चल्ने निर्वाचन अधिकृत ढकालले बताए । उम्मेद्वारी दर्ताका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राप्रपा ९संयुक्त०ले यसअघि नै उम्मेद्वारी घोषणा गरी सकेको छ ।

निर्वाचन तालिका अनुसार बुधबार नै अपरान्ह ३ बजेभित्रमा मनोनयनपत्र दर्ता भएको उम्मेद्वारहरुको सूची प्रकाशन गरिने छ । यस्तै कार्तिक २८ गते उम्मेद्वारहरुको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन अपरान्ह ५ बजेभित्रमा मनोनयन भएको उम्मेदवारहरुको नामावली प्रकाशन गर्न कार्यतालिका रहेको छ ।

त्यसैगरि कार्तिक ३० गते उम्मेद्वारको नाम फिर्ता लिने र सोही दिन अपरान्ह ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।

यस्तै उम्मेद्वारहरुलाई मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको ढकालले बताए । मंसिर १४ गते हुने निर्वाचन विहान ७ बजेदेखि सुरु भइ अपरान्ह ५ बजे सकिने छ ।