सिन्धुपलाचोक  : सुनकोशी नदीमा बस खस्दा कम्तमिा १२ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको हो । बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन्। नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ। उद्धारका क्रममा केही शव बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। अहिलेसम्म ५ जनाको शव झिकिएको छ। करिब ८–९ जना घाइतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको डिएसपी काफ्लेले बताए। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमाले गर्दा १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। मृतकको सनाखत हुन सकेको छैन। शव खोलाबाट निकाल्ने क्रम जारी छ। बस नदीमा पूरै डुबेको हुनाले सुरुमा उद्धारमा समस्या भएको थियो। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्‍याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्दार भइरहेको छ।