कार्तिक ११ कुरिनटार,

सर्व शान्ति भुतपुर्व विद्यार्थी मञ्च कुरिनटारको पहिलो भेला तथा सुभकामना आदान प्रदान कार्यक्रम कुरिनटार स्थित सर्व शान्ति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

सर्व शान्ती माध्यमिक बिद्यालयको सुरुवात देखि अहिले सम्म अध्यन गर्ने सम्पुर्ण विद्यार्थी हरु लाई संगठित गर्ने उद्देश्यको साथ आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता बहन गर्नु भएका सर्व शान्ति माध्यमिक विद्यालयको पुर्व विद्यार्थी तथा इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले उपस्थित सबै लाई सुभकामना प्रदान गर्दै भुतपुर्व विद्यार्थी मञ्चको तदर्थ समिती लाई बधाइ तथा सफलताको कामना गर्नु भएको थियो। साथै गाउँपालिका भुतपुर्व विद्यार्थीलाई सहयोग गर्न आतुर रहेको समेत बताउनु भएको छ।

पुर्व शिक्षक विद्यार्थी बिभिन्न तह र तप्काका ब्याक्तित्व संमिलित भेलाले सर्व शान्ति भुतपुर्व विद्यार्थी मञ्चको तदर्थ समिती समेत निर्माण गरेको छ। समितीमा  संयोजक :बासु देव सिलवाल, सह संयोजक: प्रकाश अधिकारी र सदस्य हरुमा राजन खनाल, रामसरण त्रिपाठी, लक्ष्मण काप्री, बिनय अधिकारी र रोमन सिलवाल रहेका छन।