कुरिनटार २४ भदौ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

नेपालमा पनि डेंगु महामारीको रुपमा फैलिएको छ ।पछिल्लो तथ्यांक अनुसार नेपाल भर ७० हजार भन्दा धेरै लाई डेंगु देखिएको छ।साथै चितवनमा मात्र २० हजार हाराहारीमा डेंगु संक्रमित भएका छन। यता इच्छाकामना गाउँ पालिकामा २० भन्दा धेरै लाई संक्रमण देखिएको छ।