प्रबल लामा यसअघि महावीर पुनको नेपाल वायरलेस, वल्र्डलिङ्क र नुब्री सांस्कृतिक युवा उत्थान समितिद्वारा सञ्चालित इन्टरनेट सेवाको प्राबिधिक कर्मचारीको रुपमा कार्यरत थिए । सोही अबस्थामा पनि उपकरण चोरी गर्दा कारबाही गरिएको र अहिले फेरि कसुर दोहो¥याएको उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
‘यसअघि हाम्रो प्राविधिक कर्मचारीको रुपमा काम गर्दा पनि हामीलाई थाहै नदिई बिभिन्न उपकरणहरु बिक्री गर्ने, हामीले निशुल्क सेवा प्रबाह गरेका उपभोक्ताहरुसंग पैसा उठाएर व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको थाहा भएपछि २०७४ सालको कात्तिक २३ गते प्रहरीचौकी सामागाउँमा झिकाइ चारवटा सोलार प्यानल, सातवटा ब्याटूी फिर्ता गरिएको थियो’, महावीर पुनले टेलिफोनमा भने, ‘फेरि यो भदौको ११ गते हाम्रो १२ लाख रुपैयाँ बराबरको उपकरणहरु चोरेर सुविसुकोमा प्रयोग गरेको छ । जसले गर्दा हाम्रो सेवा ठप्प भएको छ ।’
नेपाल वायरलेसले सन् २०१२ को डिसेम्बरमा चुमनुब्री गाउँपालिकाका सरकारी विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयहरुमा निशुल्क इन्टरनेट सेवा प्रबाह गरेको थियो ।
यसबारेमा जानकारी लिन खोज्दा गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङलाई तथानाम गालीगलौज गरेका छन् । आफूलाई गालीगलौज गर्ने प्रबल लामालाई कारबाहीको माग गर्दै उपाध्यक्ष गुरुङले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
अहिले सामागाउँमा रहेका प्रबल लामालाई झिकाइएको प्रहरीले जनाएको छ । ‘जाहेरी आएपछि सत्यतथ्य बुझ्न हामीले प्रतिवादीलाई सामागाउँ चौकीसंग समन्वय गरी झिकाएका छौं’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले भने, ‘उनी आउँदै छन् । आएपछि दुई पक्ष राखेर सत्यतथ्य बुझी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
श्रोत : दरौदी पोस्ट